काठमाडौं– काठमाडौंमा यो वर्षको होली पर्व सुरु भएको छ। हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै होली सुरु भएको हो।
आइतबार बिहान ८ बजे २६ मिनेटको साइतमा वसन्तपुरमा विधिवत् चीर ठड्याइएको हो।
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङका ध्वजापतकासहित सजाइएको चीर ठड्याएपछि होली पर्व सुरु हुने परम्परा छ।
चीरलाई फागुनशुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ।
काठमाडौंलगायत पहाडी जिल्लामा चैत १५ र तराई–मधेशका जिल्लामा चैत १६ मा होली पर्वका दिन सरकारले सार्वजनिक बिदा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।