सांकेतिक तस्वीर
चितवन–जंगली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ। हात्तीको आक्रमणमा परी भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी तीलमाया भुजेलको मृत्यु भएको हो।
बिहान ४ बजे तिर हात्तीको आक्रमण परेकी ५० वर्षीया भुजेलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ।
उनी गंगानगरस्थित भाइको घरमा गएको समयमा हात्तीको आक्रमणमा परेकी थिइन्। हात्तीले सोही स्थानमा तीनवटा घरमा समेत क्षति पुर्याएको कार्यालयले जनाएको छ ।
हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।