काठमाडौं– म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको क्वाटरफाइनलमा सिटीले एभर्टनलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
एभर्टनविरुद्धको जितमा इल्के गुन्डोगन र केभिन डे ब्रुयनले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सिटीले खेलको अन्त्यतिर दुबै गोल गरेको थियो। खेलको ८४ औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई १–० गोलको अग्रता दिलाए।
खेलको ९० औं मिनेटमा केभिनले गोल गरेपछि सिटीले एभर्टनविरुद्ध २–० गोलको जित निकाल्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको एभर्टनले अधिकांश समय दबाबमा खेलेको थियो।
त्यस्तै, बर्नमाउथलाई ३–० गोलले पराजित गर्दै साउथह्याम्पटन पनि सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दै साउथह्याम्पटनले बर्नमाउथलाई हराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।