पश्चिम नवलपरासी- पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका-४ स्थित चिसापानीबाट सशस्त्र प्रहरीको टोलीले अवैध लत्ताकपडा बरामद गरेको छ।
टोलीले चैत ७ गते करिब ४ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।
भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
बरामद लत्ताकपडा भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।