काठमाडाैं- नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएकाे छ। ११ केभी भूमिगत तार राख्ने कार्यका लागि शनिबार बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बिजुली कटौती गर्न लागिएकाे प्राधिकरणले जनाएकाे हाे।
प्राधिकरणका अनुसार भाेलि बानेश्वर वितरण केन्द्रअन्तर्गत कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुनेछ।
यता यस्तै, सोही फिडरको बत्तिसपुतली क्षेत्रमा पनि बिजुली कटौती हुनेछ।
पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले लाइन काटिन लागेको प्राधिरकणले जाएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।