काठमाडाैं- चिनियाँ सेनाले टेस्लाका कारलाई सैन्य आवास परिसरमा प्रवेश गराउन राेक लगाएकाे छ। ती कारमा राखिएको क्यामेराले सुरक्षा चुनाैती बढ्ने भन्दै प्रवेशमा राेक लगाएकाे हाे।
सेनाले सैन्य आवास प्रवेश गर्दा कारलाई बाहिरै राख्न आदेश दिएकाे छ। यसअघि टेस्लाकाे कारलाई सरकारी स्वामित्वमा रहेकाे संवेदनशील क्षेत्र र प्रमुख ठाउँहरुमा प्रवेशमा राेक लगाएकाे थियाे।
कारमा राखेकाे क्यामेराले पार्किङमा सहज हुने र सेल्फ ड्राइभिङमा सहयाेग पुग्ने टेस्लाले जनाएकाे छ।
माेडल ३ र माेडल वाई कारमा ड्राइभरकाे सुरक्षाका लागि रियर व्यू मिररमा इम्बेडेड क्यामरा छ। यसका साथै कारकाे पछाडि भागमा पनि स–साना क्यामेरा जडान गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।