काठमाडाैं- ब्रिटिश एयरवेजले मुख्यालय भवन बेच्ने भएको छ। कोरोना महामारीको बेला घरैबाट काम भएकोले कार्यलय बेच्न लागिएको हो।
भवन ब्रिकीबाट एयरवेजले कोरोना महामारीको क्रममा व्यहोरेको घाटा परिपूर्ति गर्ने जनाइएको छ। सन् १९९८ मा २०० मिलियन पाउन्ड लागतमा याे भवन निर्माण गरिएको थियो।
‘धेरैले घरबाट काम गर्न मन पराउँछन् र भविष्यमा घरबाटै पनि काम गर्न लगाउनेबारे सोच्न सकिन्छ। यसका साथै हामीले व्यवसायलाई संकटबाट बाहिर ल्याउन पनि खोजिरहेका छौं,’ एयरवेजले एक विज्ञप्तिमा भनेको छ।
महामारीको बेला एयरवेजले गत वर्ष १० हजारभन्दा बढी कर्मचारी निकालेको थियो। बाँकी रहेका कर्मचारीमध्ये धेरै जसो घरैबाट काम गरेका थिए। पाइलट, केबिन चालक दल, इञ्जिनियर र एयरपोर्टका कर्मचारीहरू भने कार्यलयमै उपस्थित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।