काठमाडाैं- जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएकाे छ। सरकारी अधिकारीहरुले शुक्रबार सार्वजनिक गरेकाे प्रतिवेदन अनुसार १५ एसिया प्यासिफिक देशबीच व्यापार सम्झौता भएकाे कारण जीडीपी बढ्ने देखिएकाे हाे।
एशिया राष्ट्रहरूले गत वर्ष नोभेम्बरमा क्षेत्रीय बृहत्तर आर्थिक साझेदारी (आरसीईपी) व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए। जसले विश्वव्यापी जनसंख्याको एक तिहाइ हिस्सा र यसको विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत ओगटेको छ।
व्यापार सम्झौताले जापानको जीडीपी २.७ प्रतिशत बढ्ने छ जुन करिब १५ ट्रिलियन येन हाे। यसले थप ५ लाख ७० हजारलाई रोजगारी सिर्जना हुनेछ। सन् २०१७ मा युरेपियन युनियनसँग भएकाे स्वतन्त्र व्यापार सम्झौताले जापानको जीडीपी १ प्रतिशतले बढ्ने जनाइएकाे छ। ११ देशको ट्रान्स प्यासिफिक पार्टनरशिपले यसलाई १. ५ प्रतिशतसम्म बढ्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।