काठमाडाैं- उत्तर कोरियाले मलेसियासँगको कूटनीतिक सम्बन्ध ताड्ने निर्णय गरेको छ। मलेसियाको संघीय अदालतले आफ्ना नागरिकलाई अमेरिका सुपुर्दगी गर्न सकिने फैसला सुनाएसँगै कोरियाले कूटनीतिक सम्बन्ध ताेड्ने निर्णय गरेको हो।
मलेसियाको अदालतले सम्पत्ति शुद्धीकरणकाे मुद्दामा उत्तर कोरियाली नागरिक मुन चोल मिओङलाई अमेरिका सुपुर्दगी गर्न सकिने फैसला सुनाएको छ।
उनी सन् २००८ देखि सिङ्गापुर बस्दै आएका थिए। अमेरिकाबाट निषेधित लक्जरी सामान प्योङयाङको शासकका लागि उत्तर कोरिया लैजान सहयोग पुर्याएर अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लघंन गरेर अवैध सम्पति आर्जन गरेकाे आरोप मिओङविरुद्ध लगाइएको छ।
सन् २०१९ को मेमा उनलाई अमेरिकाको आग्रहमा मेलेसियन प्रहरीले पक्राउ गरेकाे थियाे। साेपश्चात मलेसियाकाे अदालमा उनीविरुद्ध मुद्दा दायर गरेर अमेरिकाले सुपुर्दगीका गर्ने फैसला सुनाइएकाे हाे।
मलेसियाको सरकारले अमेरिका सुपुर्दगीको लागि अनुमति दिए पनि मिओङले यसविरुद्ध अदालतमा रिट दायर गरेका छन्।
उत्तर कोरियाले मलेसियाको यो निर्णय माफी दिन नसकिने किसिमको अपराध भएको बताएको छ। यता अमेरिकालाई पनि यसको ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ।
यो निर्णयले द्विपक्षीय सम्बन्ध अब नरहने स्पष्ट छ। मलेसिया सरकारले उत्तर काेरियाकाे याे निर्णयविरुद्ध केही बाेलेकाे छैन।
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध वर्षौंदेखि कडा प्रतिबन्ध लगाउँदै आएकाे छ। यसका साथै आणविक र ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई आर्थिक सहयोग नहाेस् भनेर विदेशी व्यापार पनि ठप्प पारेकाे छ।
श्री मुन २०१ 2019 मा मलेसियामा पक्राउ परेका थिए, जहाँ उनी २०० Singapore मा सिंगापुर गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।