काठमाडौं– यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ। युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले शुक्रबार ‘ड्र’ सार्वजनिक गरेको हो।
जसअनुसार गएको सिजन फाइनल खेलेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बायर्न म्युनिक यो सिजन क्वाटरफाइनलमा नै खेल्ने भएका छन्।
यसका साथै इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बोरुसिया डोर्टमुन्ड, पोर्चुगिज क्लब एफसी पोर्टो र इंग्लिस क्लब चेल्सी साथै स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब लिभरपुल खेल्नेछन्।
यस्तै सेमिफाइनलमा बायर्न र पीएसजीको विजेताले सिटी र डोर्टमुन्डको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा पोर्टो र चेल्सीबीचको विजेताले रियल र लिभरपुलबीचको विजेतासँग खेल्नेछ।
क्वाटरफाइनलको खेल अप्रिल ६ र ७ मा साथै दोस्रो लेग अप्रिल १३ र १४ मा हुनेछन्। सेमिफाइनल पहिलो लेग अप्रिलको २७ र २८ मा साथै दोस्रो लेग मेको ४ र ५ मा हुनेछन्। फाइनल खेल मे २९ मा हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।