काठमाडाैं– ललिता निवास जग्गा प्रकरणमा थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निवेदनमाथिको सुनुवाइ दोस्रोपटक स्थगित भएकाे छ। सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भएकाले शुक्रबार तोकिएको पेशी स्थगित गरिएकाे भएकाे हाे।
यअसघि पनि फागुन ७ गते कार्कीसहितको इजलासमा पेशी तोकिएपपनि हेर्न नमिलने भन्दै स्थगित गरिएकाे थियाे। यससमेत चारपटक यो मुद्दाको सुनुवाइ सरेको छ। दुईपटक हेर्न नमिल्ने र एकपटक पक्षका कानून व्यवसायीले स्थगित गरेका हुन्।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मूख्य भूमिका निर्वाह गरेको आरोपमा बस्न्यातविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो। भौतिक पूर्वाधार सचिव रहेको समयमा बस्न्यातले उक्त जग्गा व्यक्तिको नाममा बनाउन भूमिका खेलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
नामा पठाउने विशेषको निर्णय गैरकानुनी भएको जिकिर गर्दै बस्न्यातले माघ १५ गते सर्वोच्चमा निवेदन दर्ता गराएका थिए। उनले आफूबाहेक अरु निवेदक धरौटीमा रिहा भएकाले थुनामा राख्ने निर्णय गैरकानुनी भएको जिकिर गरेका थिए।
तल्लो अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि त्यसविरुद्ध माथिल्लो अदालत जान पाउने सुविधाअन्तर्गत बस्न्यात सर्वोच्च पुगेका थिए।
अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारकै पूर्वप्रमुखआयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिद बिक्री गर्नेहरूविरुद्ध पनि मुद्दा दायर भएको थियो।
मुद्दा दायर गरिएकामा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार तथा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसमेत थिए। विशेष अदालतले उनीहरुलाई फागुनमै अदालत उपस्थित हुन म्याद जारी गरेको थियो। लकडाउन खुकुलो भएसँगै अदालत खुल्न थालेपछि केही आरोपी अदालतमा उपस्थित भएपनि गच्छदारसहितका केही भिआइपी भने उपस्थित भएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।