काठमाडौं- राष्ट्रिय टिमका सदस्य सुजल श्रेष्ठ र एरिक बिष्ट सर्वाधिक मूल्यमा अनुबन्धित भएका छन्।
नेपाल सुपर लिगको अक्सनबाट सुजल श्रेष्ठ सर्वाधिक २ लाख मूल्यमा पोखरा थन्डर्समा अनुबन्धित भए। पोखराले उनलाई गोलाप्रथाबाट आफ्नो टिममा आबद्ध गराएको हो।
पोखरा, विराटनगर सिटी एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले आफ्नो टिममा राख्नको लागि सर्वाधिक मूल्यमा बोली लगाएको थियो।
त्यस्तै, एरिक २ लाखमा ललितपुर सिटी एफसीमा अनुबन्धित भएका छन्। उनलाई ललितपुर र पोखराले सर्वाधिक मूल्यको बोली लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।