काठमाडाैं- महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन्।
शुक्रबार दिउँसो महान्यायाधिवक्ता कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले राजीनामा दिएको घोषणा गरेका हुन्।
‘अस्ति को कोले लेख्नुभएको थियो, आफैं जान्नुस्। तर, आज मैले तपाईंहरुको त्यो इच्छा पूरा गरिदिएको छु,’ राजीनामाको घोषणा गर्दै उनले भने, ‘मेरो प्रधानमन्त्रीज्यूसँग सम्बन्ध राम्रो रह्यो, राम्रो छ। मैले तीन वर्ष यहाँ रहँदा पनि राम्रै काम गरेको छु जस्तो लाग्छ।’
महान्याधिवक्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को प्रमुख कानुनी सल्लाहकार रहन्छन्। केही समयअघि पनि खरेलले राजीनामा दिएको चर्चा चलेको थियो। पछि उनले नै त्यसको खण्डन गरेका थिए। शुक्रबार राजीनामा घोषणा गर्दा उनले यो प्रसंग उल्लेख गरेका हुन्।
उनले प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएको उल्लेख गर्दै अब सक्रिय राजनीतिमा फर्कने निधो गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।