काठमाडौं–सिटिइभिटी परीक्षाको चिट बेचेको आरोपमा जनकपुरबाट ५ जना पक्राउ परेका छन्।
जनकपुरस्थित भैरवचोकबाट ५ जनालाई पक्राउ गरिएको धनुषाका एसपी प्रकाश रानाभाटले नेपाललाइभलाई जानकारी दिए । परीक्षार्थीबाट एकै प्रकारको चिट फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
सो क्रममा प्रहरी नै ग्राहक बनेर एक फोटोकपी पसलमा चिट किन्न गएको थियो। फोटोकपी पसलले चिट बेचेपछि ५ जनालाई पक्राउ गरिएको एसपी रानाभाटले बताए।
बिहीबार र शुक्रबारको अनुगमनको क्रममा दुई बोरा चिट बरामद भएको एसपी रानाभाटले बताए। चिट चोरेको पाइएपछि सिटिइभिटीले बिहीबार र शुक्रबार गरेर ३५ जना परीक्षार्थीको परीक्षासमेत रद्द गरेको छ।
पक्राउ परेकाहरुविरुद्ध शिक्षा ऐन २०८ अन्तगर्तको कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेकाले पक्राउ गरिएकाहको नाम भने प्रहरीले गोप्य राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।