बेइजिङ- चीनको स्वायत्त क्षेत्र तिब्बतमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जानकारी दिएको छ।
केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २.४१ बजे गएको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा रहेको थियो।
उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए/नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।