काठमाडौं- नेपाली राष्ट्रिय टिमका नियमित सदस्य तेज तामाङ सर्वाधिक मूल्यमा काठमाडौं रेजर्समा अनुबन्धित भएका छन्।
नेपाल सुपर लिगको अक्सनमा तेजलाई गोलाप्रथाबाट काठमाडौंले दुई लाख रुपैयाँ मूल्यमा आफ्नो टिममा किनेको हो। उनको लागि ६ टिमको सर्वाधिक दुई लाखको मूल्यमा बोली लागेको थियो।
त्यस्तै विशाल सुनुवार सर्वाधिक मूल्य दुई लाख रुपैयाँमा एफसी चितवनमा अनुबन्धित भएका छन्। उनलाई चितवन, पोखरा थण्डर्स र ललितपुर सिटी एफसीले सर्वाधिक मूल्यको लागि बोली लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।