फिदिम–पाँचथरमा जिल्ला जडीबुटी सहकारी संघ गठन गरिएको छ। जिल्लामा सक्रिय जडीबुटी सहकारीको फिदिममा भएको भेलाले पेम्बा शेर्पाको अध्यक्षतामा जिल्ला संघ गठन गरेको हो।
जिल्लामा रहेका १३ जडीबुटी सहकारीको सहभागितामा संघ गठन गरिएको हो। संघको उपाध्यक्षमा तेजबहादुर आङथुपो, सचिवमा डिल्लीप्रसाद मुखिया र कोषाध्यक्षमा स्मृति शेर्मा निर्वाचित भएका छन्।
संघको सदस्यमा अनिल केरुङ, गुनेन्द्र सम्बाहाम्फे, अनिता इजम र चिरञ्जीवी आङ्देम्बे रहेका छन्। एक सदस्य मनोनयन गर्न बाँकी रहेको नवनिर्वाचित समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।