काठमाडौं–आज देशका केही स्थानमा आंशिक बदलीसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागको केही स्थानमा अपराह्न पछि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
दिनभर देशको पहाडी भू–भागका केही स्थानमा चट्याङ तथा हावाहुरीको सम्भावनासमेत रहेको छ।
राति भने देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी तथा उच्च पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको मौसम अपडेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।