काठमाडौं–कोरोना भाइरसको तेस्रो लहर सुरु भएको भन्दै फ्रान्सको राजधानी पेरिसमा पुनः लकडाउन घोषणा भएको छ।
पेरिससँगै देशका अन्य १५ शहरमा शुक्रबार मध्यरातबाट लागु हुने गरी एक महिनाको लकडाउन घोषणा भएको हो।
अहिलेको लकडाउनमा पहिलेको जस्तो सबै क्षेत्रमा कडा प्रतिबन्ध भने नरहने अधिकारीहरुले बताएका छन्।
नयाँ लकडाउनमा अत्यावश्यक बाहेकका सबै काम बन्द रहने भए पनि विद्यालय भने खुला रहने बताइएको छ। मानिसहरु एक ठाउँबाट अर्काे ठाउँमा जानका लागि सरकारी अनुमति आवश्यक पर्नेछ।
फ्रान्सका प्रधानमन्त्री जिन केसटेक्सले कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन सक्ने भन्दै चेतावनीसमेत दिएका छन्।पेरिसको हालत अत्यधिक खराब भइरहेको स्वास्थ्यमन्त्री ओलिविर वेरनलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्लो २४ घण्टामा फ्रान्समा ३५ हजार नयाँ संक्रमित फेला परेको सञ्चारमाध्यमले जनाएका छन्। कोरोना भाइरसको खोप लगाउनमा ढिलाइ गरेको भन्दै फ्रान्स सरकारको आलोचनासमेत भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।