काठमाडाैं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसविरूद्धको खोपको पहिलो डाेज लिएका छन्। बिहीबार उनले चीनद्वारा सहयोग गरिएको सिनोभ्याक खाेप लगाएका हुन्।
चीन सरकारले पाकिस्तानलाई कोरोनाविरुद्धकाे खोपको पाँच लाख डाेज सहयाेग दिएकाे छ। बिहीबार पाकिस्तानी प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीले खोप लगाएका थिए।
चीनको खोप सुरक्षित रहेको प्रधानमन्त्री खानले बताएका छन्। उनले सब नागरिकलाई लगाउन पनि सुझाव दिएका छन्।
पाकिस्तानमा सिनोफर्मद्वारा विकास गरिएको उक्त खोप मात्र उपलब्ध छ। यसअघि चीनले फेब्रुअरी १ मा पाकिस्तानलाई सिनोफर्मका पाँच लाख खाेप सहयाेग गरेकाे थियाे।
उक्त खोपलाई पहिलो चरणमा अग्रपङ्तीमा कामगर्ने कर्मचारीलगायत जोखिम देखिएका अन्य नागरिकहरूलाई पहिलो मात्रा दिइएको छ। याे दाेस्राे पटक पठाइएकाे खाेप हाे। पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले रावलपिंडीको नूर खान एयरबेसमा यषाे खाेप बुझेका थिए।
पाकिस्तानमा बिहीबारसम्म ६१ लाख पाच हजार ८१० मा काेराेना संक्रमण पुष्टि भएकाे छ। यस्तै १३ हजार ७१७ संक्रमितकाे मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।