सुर्खेत- नेपाली राष्ट्रिय टिमका खेलाडी शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही–११ ले भेरीगंगा क्रिकेट क्लबलाई पराजित गर्दै सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग (केपीएल) मा विजयी सुरुवत गरेको छ।
आज भएको पहिलो खेलमा रुपन्देहीले भेरीगंगालाई ८ विकेटले पराजित गरेको हो। भेरीगंगाले दिएको ६९ रनको लक्ष्य रुपन्देहीले छैटौं ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। सुरुवातदेखि नै खराब ब्याटिङ गरेको भेरीगंगाले १८.५ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्र जोडेको थियो।
रुपन्देहीका बलर बसिर अहमदले ३ ओभरमा मात्र ७ रन खर्चेर ३ विकेट लिएका थिए। ६९ रनको लक्ष्य रुपन्देहीले छैटौं ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो। बलिङतर्फ भेरीगंगाका रुपक दहालले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।