काठमाडौं- काठमाडौं महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पुननिर्माण चैत मसान्तासम्ममा सम्पन्न गर्ने गरी तिव्र गतिमा कार्य भैरहेको जानकारी दिएको छ।
पोखरीमा केही दिनमै लबालब (टनाटन) पानी भरिने महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए। ‘पोखरी पुननिर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। केही दिनमै हामी कमलपोखरीमा साढे दुई करोड लिटर पानी भर्ने तयारीमा छौँ,’ मेयर शाक्यले भने, ‘हामीले पुननिर्माणकै क्रममा आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था गरेका छौँ। अब केही दिनमै पहिलो चरणमा पोखरीमा टनाटन पानी भर्छौँ।’
प् केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको भन्दै उनीहरुलाई डिजाइनका बारेमा सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न पनि उनले आग्रह गरे। पोखरीको बिचमा पनि हल्ला गरे जस्तो कंक्रिटको कमलको फूल नरहेको जानकारी दिए। पोखरी सत प्रतिशत बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि उनले स्मरण गराए।
उनले केही व्यक्तिहरुले भ्रम छर्न खोजेको आरोप समेत लगाए। शाक्यले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने पनि जानकारी दिए।
पोखरी पुननिर्माण गर्दा पोखरीको आकारमा एक इन्च पनि नमिचिने गरी डिजाइन तयार पारिएको छ। पहिला बेबारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएका छौँ। हामीले डिजाइन पनि ती सबै कुरालाई ध्यान दिएर बनाएका छौँ। संघीय र प्रदेश सांसद तथा स्थानीयको सल्लाह अनुसार नै हामीले कमलपोखरीमा कंक्रिट प्रयोग भएका भौतिक संरचना भत्काएका हौँ। त्यसकारण पोखरीमा कंक्रिट प्रयोग गर्ने भन्ने कुरा भ्रम फैलाउने प्रयास मात्रै हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।