काठमाडाैं- मलेसियाका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री खैरी जमालुद्दीन चीनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप सिनाेभ्याक्स लगाउने पहिलो व्यक्ति बनेका छन्।
बिहीबार कोभिड–१९ खोप कार्यक्रमका प्रमुख समेत रहेका जमालुद्दीनले चीनमा निर्मित खोप लगाएका हुन्। उनले खोप लगाउँदा स्थानीय टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
मन्त्री जमालुद्दीनले यसभन्दा अगाडि फाइजर-बायोटेकको खोपलाई अस्वीकार गरेका थिए। त्यसपछि उनले चीनमा निर्मित खोप प्रभावकारिता र सुरक्षित रहेको भन्दै सिनाेभ्याक्सलाई सिफारिस गरेका थिए।
४५ वर्षीय मन्त्री जमालुद्दीनले छोटो कुराकानी गर्दै भने, ‘सुरक्षा, प्रभावकारिता र स्थिरता सुनिश्चित गर्न राष्ट्रिय औषधि नियामक एजेन्सी (एनपीआरए)ले गरेको मूल्याङ्कन र निर्णयमाथिको विश्वासको आधारमा मैले खोपको प्रस्ताव गरेको थिएँ। मैले सिनोभ्याक्स खोप लगाएको छु र केही असर देखिएको छैन।’
सिनाेभ्याक्स खोपले हङकङ, टर्की, इन्डोनेसिया र थाइल्याण्डलगायत २७ देशमा आपतकालीन प्रयोगको अधिकार प्राप्त गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।