काठमाडौं– नेपाल सुपर लिग फुटबल प्रतियोगिताको अक्सनमा १५८ खेलाडी समावेश भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले अक्सनमा १५८ खेलाडीको नामवली सार्वजनिक गरेको हो।
नेपाल सुपर लिगको अक्सन शुक्रबार हुँदैछ। एन्फाले तीन श्रेणीमा विभाजन गरी खेलाडी सार्वजनिक गरेको हो। श्रेणी ए मा ३५ खेलाडी छन्। त्यस्तै, श्रेणी बी मा ६५ खेलाडी रहेका छन्। सी श्रेणाीमा भने ५८ खेलाडी छन्।
पहिलो संस्करणमा सिंगल राउण्ड रोविनको आधारमा प्रतियोगिता सञ्चालन हुनेछ। दोस्रो संस्करणबाट भने डबल राउण्ड रोविनमा खेल हुने आयोजकले जानकारी दिएको छ।
सात फ्रेन्चाइज टिमहरुमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन्।
प्रत्येक टिमले १४ जना खेलाडी अक्सनबाट अनुबन्धित गर्न पाउने छन्। त्यस्तै, एक खेलाडी भने टिमले मार्की खेलाडीको रुपमा राख्न पाउने छ। आगामी वैशाख ११ गतेदेखि २५ गतेसम्म चल्ने नेपाल सुपर लिगमा एक टिममा २० खेलाडी रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।