काठमाडाैं- भारतस्थित उत्तर प्रदेश राज्यकी टपर पल अग्रवालले पुन: अखिल भारतीय इन्जिनियरिङ प्रवेश परीक्षा (जेईई मेन) दिने भएकी छिन्। फेब्रुअरी दिएको परीक्षामा ९९.९८ प्रतिशत आएपछि उनले पुन: परीक्षा दिन लागेकी हुन्।
६ लाख २० हजार विद्यार्थीले जेईई मेन परीक्षा दिएका थिए। जसमध्ये १ लाख ८७ हजार महिला थिए। जुन परीक्षमा अग्रवालले ९९.९८ प्रतिशत पूर्णांक हात पारेकी थिइन्।
कुनै पनि विद्यार्थीले १०० प्रतिशत हालसम्म ल्याउन सकेका छैनन् तर, अग्रवाल यो रेकर्डमा परिवर्तन ल्याउन चाहन्छिन्। १०० प्रतिशत नै ल्याउने आफ्नो लक्ष्य भएका कारण पुन: अप्रिलमा जेईई मेनको परीक्षा दिन लागेको उनले बताइन्।
अग्रवालले भनिन्, ‘तयारी सुरु गरिसकेको छु। अब कमजोर पोइन्ट्समा मात्रै केन्द्रित हुनेछु। टेस्ट र मक टेस्टलाई फोकस गर्नेछु।’
१०० प्रतिशत स्कोर गर्नु उनको एकमात्र उद्देश्य भने होइन, उनी एयरस्पेस इन्जिनियरिङकाे लागि प्रवेश परीक्षामा पनि इतिहास रच्न चाहन्छिन्। उनलाई यसअगाडि नै किशोर विनायक प्रोत्सहान योजना अन्तर्गत छात्रावृत्ति प्रदान गरिएको छ।
‘मलाई सानो छदाँ ताराहरू हेर्न मन पर्थ्यो। म अन्तरिक्ष विज्ञानमा उच्च शिक्षा हासिल गर्न चाहन्छु। मलाई अनुसन्धान गर्न मन पर्छ र मुम्बईबाट एयरस्पेस इन्जिनियरिङ गर्ने विचारमा छु,’ उनले भनिन्।
अग्रवाल गाजियाबाद वसुन्धराको सेठ आनन्दाराम जपुरिया विद्यालकी छात्रा हुन्, उनी बच्चैदेखि तृक्ष्ण क्षमताकाे थिइन्। उनलाई कक्षा ६ मा फ्रान्सेली ओलम्पियाडमा अखिल भारतीय र्याक–१ बाट सम्मानित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।