काठमाडौं- राजस्व अनुसन्धान विभागले तीनवटा निर्माण व्यवसायी कम्पनीमाथि राजस्व छलीको आरोपमा मुद्दा दायर गरेको छ।
विभागले संयुक्त उपक्रम (जोइन्ट भेन्चर)मा काम गर्ने तीन ठेकेदार कम्पनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
विभागका अनुसार सन्तोषी/लोहनी जेभी विरुद्ध १ करोड ८९ लाख रूपैयाँ मागदावी गरी मुद्दा दायर गरिएको छ। भरतपुर चितवनको यो कम्पनीले नक्कली फर्म खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुटा बिल तयार गरेर राजस्व छलेको विभागको ठहर छ।
त्यसैगरी, सन्तोषी रौताह जोइन्ट भेन्चरविरुद्ध ९२ लाख ७७ हजार रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको पनि विभागले जनाएको छ। उनीहरूले पनि सामान तथा सेवा खरिद नै नगरी नक्कली बिल बिजक मात्रै तयार गरेर राजस्व छली गरेको पाइएको विभागको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।