फाइल तस्वीर
काठमाडौं–नेपाल र भारतबीच यातायात सञ्चालन गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)ले मन्त्री परिषद्लाई सिफारिस गरेको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको सिसिएमसीको बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नका लागि मन्त्री परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो।
नेपाल भारत यातायताका १३ वटा रुटबाट पूर्ववत् रुपमा यातायत सञ्चालनका निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सिसिएमसीका सचिव खगराज बरालले बताए।
यात्रा गर्न चाहने यात्रुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टाअगाडिको पिसिआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उनको भनाइ छ।
त्यसैगरी बैठकले नेपाल भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ।
गत चैत ११ गतेदेखि नेपालका कोभिड १९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल भारत यातायात हालसम्म ठप्प रहेको छ।
यातायातका साधन ठप्प भए पनि सिमानाबाट हजारौंको संख्यामा दैनिक रुपमा आवत् जावत् भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सिसिएमसीका सचिव खगराज बरालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।