• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

श्रीमान्-श्रीमतीबीच सम्बन्ध राम्रो भएन भने अलग रहौँ भन्छन्, राजनीतिमा त के भो र? : ईश्वर पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, चैत ५, २०७७  ११:५०
1140x725

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र विभिन्न कारणले श्रृजना भएका अन्तरविरोधमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सेकताप’ गरेका कारण वर्तमान स्थिति उत्पन्न भएको बताएका छन्। पार्टी अध्यक्ष एवं महासचिवले भेला नगर्न दिएको निर्देशन विपरीत वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका हुन्। अन्तरविरोधहरूमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभ्यस्त दाहालले एमालेभित्रका अन्तरविरोधलाई प्रयोग गरेको उनको दाबी छ। मुलुकको पछिल्लो राजनीति सबैभन्दा ठूलो संसदीय दल नेकपा एमालेभित्रको अन्तरकलहमा नै अल्झिरहेका बेला न्युज एजेन्सी नेपालले एमाले महासचिव पोखरेलसँग अहिले उत्पन्न परिस्थितिको विजारोपण, कम्युनिस्ट आन्दोलन तथा वर्तमान समस्याको समाधानका बारेमा कुराकानी गरेको छ। प्रस्तुत छ उनीसँग गरिएको गरिएको कुराकानी :

नेकपा एमालेभित्र के भएको हो अहिले?
नेकपा एमालेभित्र भएका कुरा सार्वजनिक नै भइरहेको छ। तर, यसको कारण बुझ्न खोज्नुभयो भने त्यसका दुईवटा पाटा छन्। पहिलो पाटो भनेको हिजो नेकपा एमाले र माओवादी केन्द्रको बीचमा जुन किसिमले पार्टी एकीकरण भएको थियो, स्वरुपमा हेर्दा त्यो अत्यन्तै राम्रो थियो। किनभने जनता र कार्यकर्ताले चाहेको, राष्ट्रिय आवश्यकता पनि पूरा हुने। राजनीनिक स्थायीत्वका लागि त्यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने हाम्रो अनुमान थियो। तर, सारमा के भयो भन्दा विचारलाई व्यवस्थित गर्ने काम अलिकति भएको थिएन। संगठनलाई व्यवस्थित गर्ने काम भएको थिएन र नेतृत्वको मामिलामा व्यवस्थित गर्ने काम भएको थिएन।

किन त्यस्तो आलोकाँचो निर्णय भयो त?
किन त्यस्तो भयो त भन्दा पार्टी एकीकरण गर्ने सन्दर्भमा जुन नेतृत्व केन्द्रहरू थिए, ती केन्द्रहरूमा रहेका आग्रहहरू हावी भए। त्यो आग्रहहरू हावी भएका कारणले त्यो महान र पवित्र एकता परिपक्व हुन नपाइकनै सम्पन्न भएको थियो। त्यसकारणले के भन्न सकिन्छ भने यो एकताको बेलामा जुन भ्रुणहरूमा समस्या थिए। त्यही समस्या प्रकट भयो अहिले। त्यसको उत्कर्षमा पुगेको हो अहिले।

अर्को कारण भनेको नेकपा एमालेभित्र हिजोदेखि नै लोकतान्त्रिक अभ्यास गर्ने नाममा पक्षधरता, गुटबन्दीको स्थिति थियो। त्यो गुटबन्दी माथिदेखि तलसम्म नै थिया। त्यसलाई व्यवस्थित गरिसकेका थिएनौं। त्यही व्यवस्थित गरिनसकेकै अवस्थामा हामी एकताबद्ध भयौं। एकतावद्ध भएपनि पूर्वघटकहरू भित्र रहेको अन्तरविरोधहरू चलायमान नै थिए। त्यही अन्तरविरोध दुरुपयोग भयो र अहिले यो स्थिति आएको हो। त्यसकारणले अहिले जे भएको छ यसको पृष्ठभूमिमा यो कारण हो भनेर बुझ्नु पर्छ। कारण ठीक ढंगले नबुझ्ने हो भने समाधान के हुन्छ भनेर भन्न सकिँदैन।

केही कमजोरीका कारण आज यो अवस्था श्रृजना भयो भन्ने यहाँको भनाइबाट नै बुझ्न सकिन्छ।  अब कसरी समाधान गर्नुहुन्छ ?
समाधान के हो भने अहिले जुन उचाईंमा हामी पुगेका छौं, यही उचाईंमा चुनौतीहरू पनि आए। जुन उचाईंमा चुनौतीहरू आएका छन्। यही उचाईंमा चुनौतीको सामना गर्ने सामथ्र्य पनि हामीले आर्जन गर्नुपर्छ। त्यो सामथ्र्यको लागि एउटा भावनात्मक आधार भनेको कम्युनिस्ट पार्टीलाई एकतावद्ध बनाउनुपर्छ। यो राष्ट्रको आवश्यकता हो। जनताको आवश्यकता हो। विगतमा हामी जो जसले कमीकमजोरी गरेको भएतापनि त्यसलाई एउटा बस्तुनिष्ट भएर त्यसको आत्मसमीक्षा पनि हुनुपर्छ। आत्मसमीक्षा गर्दा आफ्ना कमिकमजोरीहरूलाई ‘रियलाइज’ गर्दा सानो भइँदैन। कमजोर भइँदैन। झन् त्यसले शक्ति प्राप्त हुन्छ।

म सबै साथीहरूलाई के भन्न चाहन्छु भने आज यतिबेला नेकपा एमालेको नाममा जे जस्ता कुराहरू भइरहेका छन्। त्यो बडो दुःखद छन्। जनता र कार्यकर्ताले मन नपराउने कुराहरू हुन्। ती मन नपराउने कुरा चाही हामीले बन्द गर्नुपर्छ  र नयाँस्तरमा एकताको लागि पहल र प्रयत्न गर्नुपर्छ।  एकताको कुरा गरिरहँदा हामीले के अठोट र संकल्प गर्नुपर्छ भने आन्दोलनलाई नयाँ उचाईं प्रदान गर्नु हाम्रो कर्तव्य हो। पार्टीलाई पनि नयाँ ढंगले निर्माण गरेर अगाडि बढाउनुपर्ने हाम्रो कर्तव्य हो। यो कर्तव्य हाम्रो कुनै वैयक्तिक ढंगले या कुनै टिम विशेषको मात्रै कुरा होइन। यो राष्ट्रिय आवश्यकता हो। त्यसकारणले कमीकमजोरी भए हामी आफैंबाट भए। अब यसलाई सच्याउने आँट पनि हामी आफैंले गर्नुपर्छ।

यसमा कुनै एउटा पक्ष निरन्तर गलत र कुनै एउटा पक्ष निरन्तर सही कदापि हुँदैन होला नि त?
यो गल्ती कमजोरीको कुरा मात्रै होइन। पार्टीलाई वा नेतालाई, निर्णयलाई, नीतिलाई, जुनसुकै कुरालाई पनि शतप्रतिशतमा बुझ्नु हुदैन। सापेक्षतामा बुझ्नुपर्छ। प्रतिशतमा बुझ्नुपर्छ। कमिकमजोरीहरू भएका हुनसक्छन्। कहीँ धेरै मात्रामा कमजोरी भएका हुनसक्छन्। कहीँ कमि होलान् तर गम्भीर कमजोरी के हुन् भनेर बुझ्नुपर्छ। गम्भीर कमजोरी भएपनि त्यो नेकपा एमालेभित्रकै साथीहरूबाट भएका हुन्। त्यसलाई सच्याउने आँट गर्नुपर्छ। त्यो साहस गर्नुपर्छ।

मैले अघि नै भनेँ, कमजोरी सच्याएर मान्छे सानो भइँदैन। यसले आन्दोलनलाई नै बल पुग्छ र व्यक्तिलाई पनि उसको ‘मोरल हाइ’ पनि हुन्छ। त्यो गर्नु जरुरी छ। के गर्न हुने र के गर्न नहुने भन्ने कुरा त केही आधारभूत सीमा रेखाहरू त हुन्छन् नि। जस्तो पार्टी अध्यक्ष निर्वाचित भएर केपी ओली आउनुभयो। पूर्वपार्टीको महाधिवेशनमा निर्वाचित भएको अध्यक्षको नाताले एकीकृत पार्टीको अध्यक्षको रुपमा उहाँ आउनुभयो। अब अर्को पार्टी नेकपा माओवादी केन्द्रको अध्यक्ष भएको नाताले प्रचण्ड आउनुभएको थियो। यो दुईवटा अध्यक्षको विशेष व्यवस्था हामीले गर्‍यौं।

Ncell 2
Ncell 2
nimb
nimb

अब अचम्म कुरा के हो भने महाधिवेशन चैतमा गर्ने भनेको छ। छिटै गर्ने हो भने विशेष महाधिवेशन फागुनमै गरौं। त्यो भन्दा अझै छिटो हो भने माघ मा नै गरौं। अध्यक्ष केपी ओलीले म महाधिवेशनमा अध्यक्ष उठ्दिन। महाधिवेशनको तयारी गरौं भन्नुभयो। अनि, त्यो नगरिकन बीचमै अध्यक्ष हट्नुपर्छ भनेर धक्का मारेर हटाउने खालको कुरा भो भने त्यो कस्तो देखिन्छ? त्यो कुनखालको कमजोरी? त्यो कुन खालको गल्ती? त्यो हामीले बुझ्नु जरुरी छ।

एउटा पार्टीको दुईवटा समूहले आ–आफूलाई वैधानिक भनिरहेका बेला आम जनताले कसलाई के हेरेर सही मूल्यांकन गर्ने?
देशभरीका पार्टी कार्यकर्ताले यी विगतमा भएका कुराहरूलाई कसरी मूल्यांकन गर्ने? यो आज वस्तुनिष्ट समीक्षा गर्नुपर्छ। आत्मालोचना गरिरहनुपर्छ भनिरहँदा यी विगतका कुरा हेर्न जरुरी छ।

अर्को कुरा निर्वाचनका बेलामा नेकपालाई भोट दिने भनेर हामीले वामगठबन्धन बनायौं। त्यसबेला हामीले तात्कालीन नेकपा एमालेको तर्फबाट र माओवादी केन्द्रको तर्फबाट पनि प्रधानमन्त्री केपी ओली भनेरै लडियो। विभिन्न कारणले केपी ओलीको प्रतिष्ठा र लोकप्रियताको कुरा थियो। त्यसैले पनि उहाँ बिजयी बन्नुभयो। हाम्रो पार्टी बिजयी बन्यो। संसदीय दलको नेता सर्वसम्मत हुनुभयो। संसदीय दलको नेता भएपछि प्रधानमन्त्री बन्नुभयो। माओवादी केन्द्रले पनि प्रधानमन्त्रीको रुपमा उहाँलाई नै प्रस्तुत गर्‍यो। दुई वर्ष बित्न पाएको छैन बीचैमा प्रधानमन्त्री छोड्नुपर्छ भनेर धक्का मारेर हटाउने जस्तो खालको कुरा गर्‍यो भने कस्तो देखिन्छ? यो कुरा कुन तहको बद्नियतपूर्ण कुरा हो भनेर भन्नुपर्छ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले त माओवालदीसँगको एकता विथोल्ने काम पनि प्रधानमन्त्री ओलीबाट भएको भन्ने दाबी गर्दे आएको छ। त्यसलाई स्वीकार्नुहुन्छ?
कात्तिक २८ गते एउटा अध्यक्ष पुष्पकमल दाहालको तर्फबाट अर्को अध्यक्ष केपी ओलीलाई अभियोग लगाइयो। त्यो अभियोग अत्यन्तै संघीन छ। त्यो अभियोगले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनका लागि मात्रै नालायक होइन केपी ओली, पार्टी सदस्य पनि रहन नसक्ने। त्यत्तिमात्रै होइन फौजदारी अभियोग लगाएर दण्डित गर्नुपर्ने खालका अभियोग, एउटा संघीन अभियोग लगाइसकेपछि एकताको जग कसरी कायम रहन सक्थ्यो? त्यो जग कसरी टिक्न सक्थ्यो? त्यस्तोबेलामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आफैं खुमलटारमा गएर पुष्पकमल दाहाललाई भन्नुभयो– तपाईंले जुनखालको अभियोग लगाउनुभएको छ यो अभियोगलाई म अस्वीकार गर्छु। तपाईंले फिर्ता लिनुहोस्। पार्टीका आन्तरिक समस्याका बारेमा छलफल गरौं। यदि गर्नुहुन्न भने आधा शताब्दीको मेरो राजनीतिक जीवनमाथि धावा बोलेपछि मैले प्रतिवाद गर्नुपर्छ। जनता न्यायाधीश हुन्। न्याय दिने जनतासँग मैले जानुपर्छ भनेर उहाँले बताउनुभयो। तर, त्यसलाई गम्भीरताका साथमा लिइएन।

Xtrem

Xtrem

कुरो के हो भने अन्तरविरोधहरूमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभस्त हुनुभएको पुष्पकमल दाहाल हुनुहुन्थ्यो। पूर्वएमालेभित्र विभिन्न कारणले श्रृजना भएका अन्तरविरोधहरू थिए। त्यही अन्तरविरोधलाई प्रयोग गरेर उहाँ अगाडि बढ्न चाहनुभयो। दुर्भाग्यले त्यसबेलाका नेकपा एमालेका नेताहरू पनि हिजोदेखिका संञ्चित अन्तरविरोधहरूलाई पुष्पकमल दाहालजीको सेकताप प्राप्त गरेर अगाडि बढाउन खोज्नुभयो जस्तो लाग्छ। यो आरोप होइन। मेरो बुझाइ हो।

यो बीचमा धेरै राजनीतिक घटना भए, अबको कार्यदिशा के हो?
हिजो नेकपा भएको कालमा जे सुकै भएको होस्। अब त २०७५ साल जेठ २ गतेको अवस्थामा हामी आइपुग्यौं। अर्थात् माओवादी केन्द्र आफ्नो हिसाबले अगाडि बढ्ने भयो र नेकपा एमाले आफ्नो ढंगले अगाडि बढ्ने भयो। त्यो पूर्व अवस्थामा आइसकेपछि अब नेकपा एमालेलाई सुदृढ गर्नका लागि कसरी जाने भन्ने हिसाबले सोच्नु जरुरी छ।

गाउँघरतिर घरझगडा धेरै हुन थाल्यो भने मानो छुट्याउने चलन छ। अहिले मानो छुट्याएर घर झगडा मिलाउन सकिदैन?
तनाबका साथ छलफल गर्नुपर्ने विषय नै हो जस्तो लाग्दैन मलाई। सामान्य निजी पारिवारिक विषयमा पनि आजकल श्रीमान्–श्रीमतीबीच सम्बन्ध राम्रो भएन भने सल्लाह गरेरै अब तिम्रो हाम्रो यो जोडी नचल्ने भो अब हामी अलग–अलग रहौं भनेर भन्छन् रे। त्यो अभ्यास पनि प्रारम्भ भएको छ। राजनीतिमा त के भो र? राजनीति यही समाजमा गर्ने हो। हाम्रा योग्यता र अयोग्यता यही समाजका मानिसहरूले जज गर्ने हुन्। त्यसकारणले यदि सम्बन्ध कायम नरहन सक्दा त सल्लाहले नै गर्दा भइहाल्छ केही पनि फरक परेन। अब त्यसमा चाहिँ सम्बन्धित पक्षहरू जोजो छौं। हाम्रो व्यवहार नचल्ने भयो। व्यवहार नचल्ने भएपछि आफ्नो आफ्नो गरौं है भन्ने खालको कुरो हुन्छ नि। त्यसो भन्न पनि सकिन्छ।  अब हेराैं कसरी जान्छ ?

नेकपा एमालेको महासचिवको नाताले म के भन्न चाहन्छु भने हामीले त्यसो गर्नु भन्दा पनि अहिलेको अवस्थामा भरसख आफ्ना कमिकमजोरीहरू के हुन् ती कमीकमजोरीहरू सच्याउने , आत्मसमीक्षा गर्ने, यसलाई जीत र हारको विषय बनाउनु हुँदैन। हामीले गल्ति गर्‍यौं। हामीले नै गर्‍यौं। ठीक गर्‍यौं हामीले नै गर्‍यौं। गल्ति कमजोरीको नोक्सानी हामी सबैले नै व्यहोर्नुपर्ने। लाभका अंसियार पनि हामी आफै हौं।

यो नै सबैभन्दा उत्तम र गर्नुपर्ने कुरा हो। म सबै साथीहरूलाई  यही आग्रह गर्न चाहन्छु। त्यसलाई कुनै तनाबमा ‘इरिटेसन’मा र कुण्ठा पालेर, द्वेष भावका साथ प्रस्तुत नभइकन लागेका कुरा खुलस्त भन्नुपर्छ। त्यो भन्दा फरक ढंगले जानु हुँदैन। कमिकमजोरी छन् भने पनि ‘वीथ डिउ प्रोसेस’ सच्याउने के के कुरा हुनसक्छ सच्याउनु पर्छ। यसरी जानुपर्छ भन्ने मलाई लाग्छ। होइन यदि त्यसरी जान नसक्ने हो भने पनि किन हामीले तँ तँ म म गरिरहन पर्‍यो र? राजनीति आफ्नो स्वेच्छाले गर्ने हो। एउटा मान्यतालाई लिएर हामीले राजनीति गर्ने हो। देश र जनताको नाममा राजनीति गर्ने भनिसकेपछि के गर्दा ‘इजअफ माइण्ड’ (मनको चैन) हुन्छ। त्यस अनुरुप गर्न सकिन्छ।
बिहीबारको संसदीय दलको बैठकमा उहाँहरू (नेपाल पक्ष) नआउने कुरा छ, तपाईंहरू के गर्नुहुन्छ?
नेकपा एमालेको नवौं महाधिवेशले निर्वाचित गरेको अध्यक्ष केपी ओली। निर्वाचित गरेको महासचिव म। हाम्रो विधानले अध्यक्ष र महासचिवले कार्यकारी हैसियतले भूमिका खेल्छन्। अध्यक्ष र महासचिवको तर्फबाट नै बैठक बोलाइएको हो। संसदीय दलको बैठक दलको नेताको तर्फबाट पार्टी अध्यक्ष प्रधानमन्त्रीजीले बोलाउनुभएको हो। त्यो बैठकमा आउनु सबैको कर्तव्य हो। बैठकमा हामीले बोलाएका छौं उहाँहरू आउनुहुन्छ। त्यस विषयमा पनि आवश्यकता अनुसार छलफल हुन्छ। 

विशेष बैठक भनेर हामीले २८ गते (फागुन) गरेका थियौं। विशेष बैठक किन जरुरी थियो भने नेकपा एमालेको विधानलाई ‘यजइटइज’ राखेर बैठक नै गर्न सकिदैन्थ्यो। त्यसकारणले पनि विशेष बैठक भनेर गर्नुपथ्र्यो। बाधा अड्काउ फुकाउने केही केही बैठकहरू नगरी नहुने थियो। त्यो गरिसकेपछि बैठक औपचारिक ढंगले जानसक्थ्यो। अध्यक्ष र महासचिवको हैसियतमा त्यो बैठक आयोजना भयो। त्यो बैठकले मूलतः ७ गतेको केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रस्तुत गर्ने अजेण्डाहरू तयार गरेको हो। त्यो प्रस्ताव त्यो (७ चैत्र) बैठकमा प्रस्तुत गरिन्छ।

दुई समूहको आ–आफ्नो अडानले आफ्ना कार्यकर्ता कतै भड्किएलान् कि भन्ने चिन्ता छैन? 
हाम्रो पार्टीको जीवन कस्तो छ भने, हामीले अनेक उतारचढाव झेलेका छौं। उतारचढाव भोगेका छौ। हामीसँग एकता, फुट अनि जुटका पनि अनुभव छन्। एकता गर्दाको अनुभव पनि छ। एकता टुटेर दुःख पाएको अनुभव पनि छ हामीसँग। अनि ती अनुभव प्राप्त गरेका नेता साथीहरू पनि हुनुहुन्छ हामीसँग। हाम्रो पार्टीले अनेकखालका उतारचढावहरू झेल्दै आएको छ। हामीले यस्तो अप्ठ्यारो अवस्थामा धैर्यता राख्नुपर्छ। संयमता राख्नुपर्छ। एकले अर्कालाई आरोप लगाउने जस्तो मात्रै कुरा गर्नुहुँदैन।

हामीले यतिबेला पार्टी आन्दोलनलाई अगाडि बढाउने विषयमा नयाँ ढंगले छलफल गर्नुपर्ने जरुरत छ। आज नेकपा एमालेको जीवनमा देखा परेको यो कुराले हामीलाई यो पार्टीको नेतृत्वमा अगाडि बढेको आन्दोलनलाई कसरी अगाडि बढाउने, यसमा आधारित भएर पार्टीलाई कसरी अगाडि बढाउने? हाम्रो पार्टीको राजनीतिक कार्यदिशा र पार्टी निर्माणको दिशा के हो? त्यसमा केन्द्रित भएर बहस छलफल केन्द्रित गर्ने।

हामीले कुनैपनि किसिमको अधिनायकवाद मञ्जुर गर्दैनौं भन्दछौं। हाम्रो संगठनात्मक सिद्धान्तमा कतिपय चाहिँ अधिनायकवादको गन्ध आउने केही कुरा छन् भने त्यो अभ्यासलाई पनि पुनः व्यवस्थित गर्नुपर्ने जरुरत छ। पार्टीले सरकार सञ्चालन गर्ने भनेको कुन किसिमले हो? हाम्रो जस्तो देशको विशिष्ठ अवस्थामा पार्टीले सरकार चलाउने भन्नाले के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरालाई ख्याल गर्नु जरुरी छ। र, लोकतान्त्रिक अभ्यासको नाममा हामीले विगतमा जे जे कुरा गरेका छौं त्यसलाई पनि ‘रिभिज’ गर्नुपर्ने जरुरत छ।

नेकपा एमालेभित्र अहिले देखिएको अन्तरसंघर्षको निकासले कस्तो स्वरुप लिन्छ भन्ने आकलन गर्न सकिने अवस्था छैन। महासचिवको हैसियतले के भन्नुहुन्छ?
देशभरीका कार्यकर्ता र नेकपा एमालेलाई माया गर्ने सबै साथीहरूलाई भन्न चाहन्छु यतिबेला उत्तेजना र आवेशबाट होइन, संयमता धैर्यताका साथमा हामीले अगाडि बढ्नुपर्छ। र, विगतका अनुभवहरूलाई पनि सम्झना गर्नुपर्छ। पार्टी एकता सबैभन्दा ठूलो चिज हो। एकतामा आँच नपुगोस् भन्नका लागि हामी सबैले संयमता धैर्यताका साथ अगाडि बढेर, अब नयाँ ढंगले पार्टी आन्दोलनलाई कसरी अगाडि बढाउने, यो चुनातीलाई कसरी सामना गर्ने भन्ने बारेमा सोच्नुपर्छ। सबै साथीहरूलाई म भन्न चाहन्छु, चुनौतीका गर्भभित्र अवसरहरू पनि लुकेका हुन्छन्। त्यो अवसरलाई चिर्नुपर्छ। त्यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्ने काम गर्नुपर्छ। 

 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  ११:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्