उदयपुर–जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय तोकेको छ।
बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई ४० हजार जरिवानासहित आजीवन कारावासको फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए।
यस्तै, कसुरदार पुरुषले पीडित राहतकोषमा ४ हजार रुपैयाँ जम्मा गर्नुपर्ने सहितको फैसला गरेको जिल्ला अदालत उदपुरले बताएको छ।
गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।