काठमाडौं–युरोपियन युनियन (इयु)ले विदेश यात्राका लागि प्रमाणपत्र जारी गर्ने तयारी गरेको छ।
इयुले कोरोपछि रोकिएको यात्रा पुनः सुचारु गर्न गर्मीयाम सुरु हुनु अघि नै डिजिटल प्रमाणपत्र जारी गर्ने योजना बनाइरहेको छ।
प्रमाणपत्र लिएका नागरिकलाई इयुमा आबद्ध देशभर बिना रोकतोक यात्रा गर्न दिइने अधिकारीहरुले बताएका छन्।
कोभिड–१९ विरोधी खोप लगाएका, कोरोना भाइरस संक्रमणको परीक्षण गराएका वा संक्रमण लागेर पनि निको भइसकेका जो कोही कार्डबाहकलाई सहजै यात्रा अनुमति दिइने सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
यो नयाँ प्रमाणपत्रको प्रयोग कसरी गर्ने भन्ने निर्णय सदस्य देशहरुको बैठकले गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।