काठमाडौं–नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ।
संघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। नेपाल आयल निगमले पेट्रोेलियम पदार्थमा गरेको मूल्यवृद्धिले कोरोनाबाट प्रभावित जनता मारमा परेको भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
‘कोरोनाका कारण आहत भएका जनतालाई राहत दिनुको सट्टा उल्टै ढाड भाँचिने गरी मूल्यवृद्धिको नेविसङ्घ घोर निन्दा र भत्र्सना गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
नेविसंघले आयल निगमभित्र व्याप्त भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्दै पेट्रोलियम पदार्थको मूल्य स्थिररुपमा कायम राख्नसमेत आग्रह गरेको छ ।
पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक कर खारेज गर्नसमेत नेविसंघले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।