काठमाडौं- टर्कीस राष्ट्रपति रजेप तैयप एर्दोगानले आफ्नो मुलुकसँग साउदी अरेबियाले सशस्त्र ड्रोन किन्न खोजिरहेको बताएका छन्।टर्की विश्वको सबैभन्दा बढी सशस्त्र ड्रोन बनाउने निर्माताका रूपमा देखा परेको छ, जसको सहयोगले अजरबैजानलाई नार्मोर्नो–काराबाखको विवादित क्षेत्रमा बलियो बनाएको थियो। गत वर्ष आर्मेनियाले अजरबैजानसँग युद्धबिराम गरेको थियो।
एक प्रेस ब्रिफिङ्गमा बोल्दै एर्दोगानले भने,‘साउदी अरेबियाले हामीलाई सशस्त्र ड्रोन सहयोग दिन आग्रह गरिरहेको छ। यो समस्यालाई तातो रुपमा नभइ शान्तपूर्वक समाधान गर्न हामी चाहन्छौं।’ दुई प्रतिद्वन्द्वी क्षेत्रीय शक्तिहरूबीच आपसी सम्बन्ध कायम राख्न यो कदम सकारात्मक रहेको छ।
२०१८ मा इस्तानबुलको साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खाशोगीको हत्या भएदेखि अन्कारा र रियादबीचको सम्बन्ध तनावग्रस्त छ। अनौपचारिक रुपमा साउदीले टर्कीलाई बहिष्कार गरेपछि व्यापार डामाडोल भएको छ, तर दुबै देशले भने सम्बन्ध सुधार्न काम गर्ने बताइरहेका छन्।
एर्दोगानले टर्कीको दिर्घकालीन प्रतिद्वन्द्वी ग्रीसको साथ संयुक्त हवाई अभ्यास गर्ने राज्यको निर्णयमा पनि आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।
रियादसँग पहिले नै टर्कीको निजी वेस्टल कम्पनीसँग टेक्नोलोजी ट्रान्सफर सम्झौता रहेको छ, जसले साउदीलाई आफ्नै सैन्य ड्रोनहरू निर्माण गर्न अनुमति दिन्छ। टर्कीका ड्रोनहरू सिरिया र लिबियामा द्वन्द्वका लागि परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।