काठमाडाैं- ल्याटिन अमेरिकी राष्ट्र चिलीमा कोरोना भाइरसविरुद्धको खोप अभियान जारी रहेको अवस्थामा संक्रमितको संख्या भने नियन्त्रणमा आउन सकेको छैन। कुल जनसंख्याको एक तिहाइभन्दा बढीले खोप लगाएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा छ।
चिलीमा गत सात औसत ५ हजारभन्दा बढी नयाँ संक्रमण फेला परेका थिए। जसमध्ये सान्तियागोमा मात्रै ४४ प्रतिशत कोरोना संक्रमित रहेका छन्। चिलीमा २१ हजारभन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। त्यस्तै संक्रमितको संख्या ८ लाखभन्दा बढी छ।
सान्तियागोमा इन्डिसा क्लिनिकका डा सेबास्टियन उगार्टले भने, ‘बेड तयारी अवस्थामा राखिएको छ, यद्यपि यस हप्ता भर्ना हुनेको संख्या झन्डै दोब्बर भएको थियो। ७० वर्षभन्दा माथिका मानिसहरु जसमध्ये धेरै जसो पहिले नै खोप लगाइसकेका छन् उनीहरु डिस्चार्ज भएका छन्।’
अब वायस्क बिरामीहरू मात्रै उपचार गराइरहेको तर केही गम्भीर रहेको उनले जानकारी दिए। चिलीले फेब्रुअरीको सुरुदेखि नै विश्वमा सबैभन्दा आक्रामक खोप अभियान सञ्चालनमा ल्याएको थियो र मार्चको अन्त्यसम्ममा ५ लाख नागरिकहरूलाई खोप दिने लक्ष्य राखेको छ।
फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरूको लागि लक्षित खोप अभियान सुरु गरेको चिलीले फेब्रुअरीमा चीनको सिनेभ्याक्स भ्याक्सिन ४ लाख डोज खरिद गरेको थियो। अहिले वृद्ध र अतिआवश्यक क्षेत्रमा काम गर्ने कामदारलाई पनि दिन थालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।