काठमाडाैं- ब्राजिलको साओ पाउलोका स्वास्थ्य अधिकारीले नयाँ स्वाथ्य मन्त्री मार्सेलो क्वाइरोगालाई लकडाउन लगाउन सुझाव दिएका छन्। पछिल्लाे केही दिनयता काेराेना भाइरस संक्रमितकाे संख्या बढेपछि अधिकारीहरुले लकडाउन लागू गर्न सल्लाह दिएका हुन्।
मंगलबार साओ पाओलोमा मात्रै ६७९ जनाको ज्यान गएको छ। स्वास्थ्य मन्त्रीमा नियुक्त भएका क्वाइरोगाले बुधबार औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै छन्। उनलाई राष्ट्रपति जायर बोल्सोनारोले सोमबार स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएका हुन्।
उनी महामारी सुरु भएपछि ब्राजिलमा स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा आउने चौथो मन्त्रीसमेत हुन्।
ब्राजिलमा कोरोना भाइरसको संक्रमण तथा त्यसका कारण हुने मृत्यु लगातार बढ्दै गएकाे छ। हालसम्म दुई लाख ८२ हजार एक सय न्दा धेरैको ज्यान गएको छ। यस्तै एक करोड १६ लाख तीन हजार पाँच सय भन्दा धेरै संक्रमित भएका छन्।
ब्राजिल स्वास्थ्य संकट झेल्ने निश्चित हुँदै छ। अहिले अघिकांश अस्पतालका सघन कक्षमा क्षमताभन्दा बढी बिरामी राखेर उपचार गरिँदै आएको छ।
कोभिड एकाईहरू बाहेक ब्राजिलका २७ राज्यहरूमा ८० प्रतिशत अस्पतालमा क्षमताभन्दा माथि सञ्चालनमा छन्।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै क्वाइरोगाले नागरिकलाई मास्क लगाउन र हात धुन आग्रह गरेका थिए। तर, लकडाउन लागू गर्ने वा सामाजिक दूरी अपनाउने उपायको भने समर्थन गरेनन्। उनले भने ‘जब लकडाउन चरम परिस्थितिमा लगाइएको थियो, ती सरकारी नीति थिएनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।