काठमाडाैं- युद्ध अभ्यास तथा प्रशिक्षणको लागि उडेको भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार मध्य भारतको एयरबेसमा युद्धक अभ्यास गरिरहेको बेला मिग–२१ विमान दुर्घटनामा परेको हाे। दुर्घटनामा भारतीय वायुसेनाको क्याप्टेन ए गुप्ताको मृत्यु भएको छ।
‘भारतीय वायुसेनाको एक मिग–२१ विमान आज विहान दुर्घटना भएको छ,’ भारतीय वायुसेनाले ट्विटमा भनेको छ,‘ दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।