काठमाडाैं- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आग्रह गरेका छन्। ‘फक्स न्यूज प्राइमटाइम’मा मारिया बर्टिरोमोलाई अन्तर्वार्ता दिँदै उनले रिपब्लिकन पार्टीलाई राष्ट्रपतिय चुनावमा समर्थन गर्ने सबैलाई खोप लगाउन आग्रह गरेका हुन्।
ट्रम्पका कट्टर समर्थकहरुले हालसम्म पनि खोप अभियानलाई अस्वीकार गर्दै आएका छन्। यसअघि ट्रम्प पनि कोरोना भाइरसलाई सामान्य रोग मात्र भएको बताउँदै आएका थिए। तर, ट्रम्प र उनकी श्रीमती मेलानियाले ह्वाइटहाउसबाट निस्कनु अगाडि नै गत जनवरीमा गोप्य रूपमा खोप लिएको समाचारहरु प्रकाशित भएको थियो।
उनलाई चुनाव अगाडी नै राष्ट्रपति जो वाइडेनले कोरोना खोप लगाउन प्रत्सोहान गरिदिन आग्रह गरेका थिए। तर, उनले खोप लगाउन नपर्ने बताउँदै आएका थिए। समाचार प्रकाशित भएपछि बाध्य भएर ट्रम्पले आफ्ना पनि खाेप लगाउन सिफारिस गरिएकाे बुझिएकाे छ।
‘खोप सुरक्षित छ र यसले काम गर्छ। म यसको सिफारिस गर्दछु, र लगाउने व्यक्तिले अन्य व्यक्तिलाई पनि सिफारिस गर्दिन अनुरोध गर्दछु, जसले मलाई निर्वाचनमा भोट दिए,’ उनले भनेका छन्।
राष्ट्रपति वाइडेन प्रशासनले टेलिभिजन र इन्टरनेटमार्फत विज्ञापन गरेर खोप लिन आग्रह गरिरहेका छन्। वाइडेनले ह्वाइहाउस छिरेपश्चात १०० दिनमा कोरोना निर्मूल पार्न सहयोग गरिदिन जनताहरुलाई आग्रह गरेका थिए। यसका साथै सबै नागरिकमाझ खोप पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।