काठमाडाैं- जापानको जिल्ला अदालतले समलिङ्गी जोडीलाई विवाह गर्न नदिनु ‘असंवैधानिक’ कदम भएको फैसला सुनाएको छ।बुधबार १३ समलिङ्गी जोडीकाे विवाहलाई मान्यता नदिने सप्पोरोको अदालतको फैसलालाई उल्टाउदै उक्त कदम ‘असंवैधानिक’ भएको फैसला सुनाएको हाे।
ती १३ जोडीले २०१९ मा ‘भ्यालेन्टाइन डे’मा मुद्दा दायर गरेका थिए। उनीहरुले सरकारलाई समलिङ्गी विवाहलाई मान्यता दिन बाध्य पार्दै आएका थिए।
अलजजिराका अनुसार उनीहरूले २०१९ जनवरीमा स्थानीय अधिकारीहरूसँग विवाह दर्ता गर्ने प्रयास गरेका थिए। तर, समलिङ्गी विवाहको कानूनी हैसियत नभएको भन्दै विवाह दर्ता गर्न अस्वीकार गरिएको थियो। त्यसपछि उनीहरु कानूनी कारबाहीमा जाने निर्णय गरेका थिए।
तर, सप्पोरोको अदालतले समलिङ्गी जोडीले कानूनी हैसियत पाउने अधिकार अस्वीकार गरेको थियो। साथै ती दम्पतिले बिगोमार्फत मागेको प्रति व्यक्ति १० लाख जापानी येनको क्षतिपूर्तिको पनि खारेज गरेको थियो।
त्यसको करिव दुई वर्षपछि अदालतले समलिङ्गी विवाहलाई मान्यता नदिने घटनालाई असंवैधानिक ठानेको छ। जसलाई अभियानकर्ताहरूले प्रमुख सफलताका रूपमा स्वागत गरेका छन्।
‘म मेरो आँसु थाम्न सकिनँ। अदालतले इमान्दारीपूर्वक हाम्रो समस्यामा पूर्ण ध्यान दियो र मलाई लाग्छ कि यसले वास्तवमै राम्रो निर्णय गरेको छ,’ एक पुरुष वादीले अदालत बाहिर पत्रकारलाई भने। जापानमा समलिङ्गी विवाहसम्बन्धी वैधानिकतामा यो फैसला पहिलो प्रतीकात्मक विजय हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।