काठमाडौं- बैंकिङ कसुरको मुद्दामा एक करोड ८५ लाख रुपैयाँ जरिवाना सुनाइएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले झापाको गौरादह नगरपालिका-१ का ५१ वर्षीय उपेन्द्रप्रसाद ढुंगानालाई पक्राउ गरेको हो।
उर्मिला कँडेलको जाहेरीले बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनले गत माघ ५ गते ढुंगानाविरुद्ध उक्त जरिवानासँगै एक महिना कैदको फैसला सुनाएको थियो। अदालतको फैसलापछि फरार भएका ढुंगानालाई धुम्बाराहीबाट पक्राउ गरेको हो।
ढुंगानाले आफ्नो खातामा पर्याप्त रकम नभएको प्रभु बैंकको चेक उर्मिलालाई दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।