काठमाडौं- काठमाडौं विश्वविद्यालयको आयोजनामा हुने अन्तर कलेज फुटबल प्रतियोगितामा १६ टिमबीच प्रतिस्पर्धा हुने भएको छ।
मदन भण्डारी मेमोरियल फुटबल कपको नाममा आयोजन हुने प्रतियोगिता काभ्रेस्थित काठमाडौं विश्वविद्यालयको मैदानमा संचालन हुनेछ। प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यो पुरस्कार काभ्रेमा आयोजना हुने फुटबल प्रतियोगिता मध्ये सर्वाधिक भएको आयोजकले दाबी गरेका छन्।
आइतबारदेखि सुरु हुने प्रतियोगिता ९ दिनसम्म संचालन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं विश्वविद्यालय र एडभान्स इन्जिनियरिङ कलेजबीच प्रतिस्पर्धा हुनेछ।
खेल तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।