कैलाली- कैलालीको एक सामुदायिक वनबाट चाेरी शिकारीमा संलग्नको मोटरसाइकल र बन्दुक बरामद गरिएको छ।
गौरीगंगा नगरपालिका-७ को सुनपाल सामुदायिक वनमा शिकार खेल्न पुगेकाको समूहबाट एक/एक थान मोटरसाइकल र बाह्रबोर बन्दुक बरामद गरिएको हो।
वन समितिका उपाध्यक्ष तथा चोरीशिकारी नियन्त्रण दलका संयोजक विजय सार्कीको नेतृत्वमा करिब २० जनाको वन गस्तीमा रहेको टोलीले शिकारीको पिछा गर्ने क्रममा से ६प ७४८६ नम्बरको पल्सर मोटरसाइकल तथा बाह्रबोर बन्दुक बरामद गरिएको सामुदायिक वन समन्वय समिति गौरीगंगाका अध्यक्ष ओमप्रकाश सापकोटाले बताए।
बरामद गरिएको मोटरसाइकल र बन्दुक ईलाका प्रहरी कार्यालय मसुरियालाई बुझाइएको छ। शिकारीको समूह भने फरार रहेकाले उनीहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।