काठमाडाैं–सर्वाेच्च अदालतकाे स्थायी न्यायाधीशका लागि सिफारिस भएका दुई न्यायाधीशकाे संसदीय सुनुवाइ प्रक्रिया सुरु हुने भएकाे छ।
न्याय परिषदले रिक्त दुई न्यायाधीशका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीकाे नाम सिफारिस गरेकाे थियाे।
सर्वाेच्चकाे न्यायाधीशका लागि संसदीय सुनुवाइ हुनुपर्ने संविधानकाे व्यवस्था अनुसार सुनुवाइ हुन लागेकाे हाे।
परिषदकाे पत्र अनुसार सुनुवाइ प्रक्रिया अघि बढाउन लागेकाे सुनुवाइ समितिले बताएकाे छ। सिफारिसमा परेका सुवेदी २०९२ सालमा प्रधानन्यायाधीश हुने छन्।
समितिले सुरुमा उनीहरुविरुद्व सार्वजनिक सूचना जारी गरी उजुरी आह्वान गर्नेछ।
उक्त उजुरीमा छलफलपछि सुनुवाइ थाल्नेछ। सुनुवाइ समितिबाट अनुमाेदन भएपछि उनीहरुकाे नियुक्ति हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।