काठमाडौं–पश्चिमीसँगै स्थानीय वायुको प्रभावका कारण आज देशभर सामान्य बदली रहनेछ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन\चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहनेछ महाशाखाको भनाइ छ।
राति देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहने बताइएको छ।
राति कर्णाली, गण्डकी र प्रदेश नं १ का पहाडी भू–भागको एक दुई स्थानमा मेघगर्जन\चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।