• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘अनिर्णीत’ देउवा

64x64
लिलु डुम्रे बुधबार, चैत ४, २०७७  ०९:०१
1140x725

काठमाडौं- राजनीतिक निकासका लागि पार्टी सभापति शेरबहादुर देउवाले सक्रियता नदेखाउँदा गतिरोध कायम रहेको आवाज कांग्रेसभित्रै उठ्न थालेको छ। देउवाको निष्क्रियताप्रति वरिष्ठ नेता रामचन्द्र पौडेलले चरम असन्तुष्टिसमेत व्यक्त गरिरहेका छन्। तर देउवाले त्यसलाई बेवास्ता गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन कांग्रेसको अग्रसरताको अपेक्षा पार्टी भित्र र बाहिरबाट पनि गरिएको थियो। भावी प्रधानमन्त्रीका लागि देउवालाई अघि सार्न कांग्रेस एकमत भएको छ। तथापि, उनले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सकेका छैनन्।

गत शुक्रबार कांग्रेस संस्थापनइतर नेताहरूको बैठक बसेर ओलीको विकल्प कांग्रेसले दिनुपर्ने निष्कर्ष निकालेका थिए। देउवालाई प्रधानमन्त्रीमा उभ्याउन पार्टी भित्रैबाट हुने असहयोग हटे पनि देउवाको पाइला अघि बढ्न सकेका छैनन्। नयाँ सरकार बनाउन सभापतिले भूमिका निर्वाह नगरेको ठहर गर्दै वरिष्ठ नेता पौडेल भन्छन्, ‘हाम्रो पार्टी अनिर्णयको बन्दी बनिरहेको छ। सभापतिको उदासिनता भन्ने कि के भन्ने, यो मलाई रहस्यमय लागेको छ।’

पार्टीभित्रको सहज वातावरण बनिसक्दा समेत देउवा अघि बढ्न सकिरहेका छैनन्।

पार्टीभित्रको एकत्व कायम भइसकेपछि माओवादी केन्द्र र जनता समाजवादीसहितको गठबन्धन बनाउने तत्परता देउवाले लिनुपर्ने मत संस्थापनइतरका नेताहरूको छ। सत्ता सहकार्यका लागि गत शुक्रबार जसपाका नेतालाई आफ्नै निवासमा बोलाएका देउवाले माओवादी केन्द्रसँग भने संवाद गरेका छैनन्।

शुक्रबार भएको बैठकले राजनीतिलाई निकास दिन कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा उभिनु उचित हुने ठहर गरेको थियो। एक ठाँउमा उभिनु उचित हुने ठहर गरे पनि घटनाक्रम त्यसभन्दा अघि बढ्न सकेको छैन। प्रधानमन्त्री ओलीले सत्ता टिकाउन जसपालाई दिएका आश्वासन कांग्रेसले समेत दिनुपर्ने मत पौडेलको छ। ‘जसपाका नेताहरुलाई केपी ओली जिले जे-जे आश्वासन दिनुभएको छ। जे-जे दिन्छु, गर्छु भन्नुभएको छ। त्यो हामीले दिन्छौं, गर्छौं भनिदिऔं,' पौडेलले भने।

प्रमुख प्रतिपक्षी दलले विशेष अग्रसरता लिनुपर्ने राय जसपाका नेताहरूको छ।

तीन दलीय गठबन्धनको सरकार बन्ने सम्भावना अधिक रहेको कांग्रेस नेताहरुले भन्दै आए पनि त्यसले मूर्त रुप पाउन सकेको छैन। सभापति देउवा अनिर्णीत हुँदा गतिरोध कायम रहेको जसपाका नेताले सुनाएको नेता पौडेलले बताएका छन्। कांग्रेसले निष्कर्ष दिन नसक्दा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकेको समेत कतिपयको बुझाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

तीन दलबीच सहमति बन्न नसक्दा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सकेको छैन। पार्टी भित्रको ढुलमुले नीतिले गतिरोधलाई बल पुगेको मत कांग्रेसमा बढ्दै गएको छ। पूर्ववत् एमाले र माओवादी कायम रहँदासमेत कांग्रेसले आफ्नो भूमिकालाई बढाउन नसकेको नेता गगन थापा पनि स्वीकार्छन्। ‘यो बेला तपाईंहरुलाई कुर्छौं/हेर्छौं भनेर कुर्ने बेला होइन। तुरुन्त केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन आवश्यक अग्रसरता लिन्छौं भनेर निर्णय गर्नुपर्ने हो,' थापाले भने।

पदाधिकारी बैठक बोलाएर आफ्नो पक्षमा माहोल बनाएका देउवाले केन्द्रीय समिति बैठक बोलाएका छैनन्। पार्टीपंक्ति देउवालाई प्रधानमन्त्री बनाउन तत्पर रहेकाले उनले केन्द्रीय समिति बोलाएर पारित गराउनुपर्ने नैतिक संकट पनि छैन।

ओलीलाई प्रधानमन्त्री स्वीकारेर निर्वाचनमा जान नहुने मतमा कांग्रेस एकढिक्का छ। ओलीले निष्पक्ष निर्वाचन नगराउने डर कांग्रेसमा छ। ‘ओली सरकारले निष्पक्ष निर्वाचन गराउँदैन। निर्वाचन निष्पक्ष हुँदैन भनेर बुझाउन कांग्रेसले भन्न सक्नपर्छ,' नेता थापाले भने, ‘परिणाम दिने/नदिने सोचेर, हच्केर बस्ने समय अहिले छैन।’

जतिसक्दो निर्णय गरी तीन दललाई एकत्रित गराउने नेतृत्वदायी भूमिका खेल्न परिस्थितिले कांग्रेसलाई समय दिएको छ। त्यसतर्फ सभापति नदेखिएको प्रति नेता थापा भन्छन्, ‘प्रचण्ड हाम्रो घरमा आउने भन्दा माओवादी केन्द्र र जसपाले हामीलाई समर्थन गर्नुस् भनेर हामी नै अगाडि जान सक्नुपर्ने हो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत वैशाख ८ मा सरकारले अध्यादेश ल्याएकै बेला कांग्रेसको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री पदमा बस्ने वैधानिकता सकिएको ठहर गरेको थियो। गत वैशाख १७ गतेको केन्द्रीय समितिको निर्णयको स्वामित्व लिन समेत यो बेला कांग्रेसले सकेको छैन।

प्रमुख प्रतिपक्षी दलले विशेष अग्रसरता लिनुपर्ने राय जसपाका नेताहरूको छ।

कांग्रेसले अंकगणितको बलमा ओलीलाई हटाउन सक्ने अनुकूल अवस्थामा भूमिका गौण राखेको छ। उपयुक्त समयमा पार्टीले निर्णय गर्न नसक्दा बाहिरी र भित्री आशंका बढ्नु स्वभाविक भएको थापाले बताए। पार्टी नेतृत्वप्रति उठेको प्रश्नको जवाफ समयमा नदिए पार्टीलाई क्षति पुग्ने थापाको डर छ।

देउवा नै ओलीको पक्षमा लाग्ने हुन कि भन्ने आशंका पनि बेलाबेला उठ्दै आएको छ। तीन वर्षदेखि सरकारका कार्यको विरोधमा गरिरहेकाले ओली नेतृत्वमा सत्तामा जान नहुने मत बलियो बनेको छ। संस्थापन र इतर दुवै पक्षका नेता ओलीको विपक्षमा रहेपछि देउवा पनि त्यसमा ‘कन्भिन्स’ देखिएका छन्।

नेतृत्व लिएर सरकारमा जानुपर्ने तर्क देउवा पक्षमा सुरुदेखि नै देखिएको थियो। प्रधानमन्त्री ओलीले संसदको पहिलो बैठकअघि राजीनामा नदिए संसदको दोस्रो बैठकमा अविश्वासको प्रस्ताव दर्ता हुने देउवा पक्षीय नेता मीन विश्वकर्माले नेपाल लाइभसँग बताएका थिए। विश्वकर्माले भने अनुसार अविश्वासको संसदमा अविश्वासको प्रस्ताव दर्ता हुने सकेको छैन। चैत ३ (मंगलबार)सहित संसदको बैठक तीन दिन बसिसकेको छ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्