काठमाडाैं- प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बाराबाट काठमाडौं आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा उनीहरुलाई मंगलबार बिहान पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत विहार मोतिहारी मौहावाका १९ वर्षीय पप्पुकुमार यादव र भारत विहार मोतिहारी बेलाजितपुरका २६ वर्षीय सुवासकुमार यादव रहेका छन्।
प्रहरीका अनुसार उनीहरुकाे साथबाट एक हजार ४९० एम्पुलसमेत बरामद भएकाे छ। यादवकाे साथबाट २९५ एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारगन, २९५ एम्पुल नुर्फिन तथा पप्पु यादवसँग २०० एम्पुल डाईजेपाम, २०० एम्पुल फेनारगन र २०० एम्पुल नुर्फिन बरामद गरिएकाे छ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।