काठमाडौं– नेपाल, बंगलादेश र किर्गिस्तानको यु–२३ टिमबीच हुने त्रिदेशीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।दशरथ रंगशालामा चैत १० देखि १६ सम्म गतेसम्म आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र किर्गीस्तानको यु–२३ टिमले प्रतिस्पर्धा गर्नेछ।
खेल नेपाली समयअनुसार साँझ ५ः३० बजे सुरु हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले निकालेको तालिका अनुसार नेपालले भने आफ्नो पहिलो खेल १२ गते किर्गीस्तानको यु–२३ टिमसँग खेल्नेछ।
नेपालले चैत १४ गते नेपालले बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्नेछ। अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।
नेपाल र बंगलादेशले भने विश्वकप फुटबलको दोस्रो चरण अन्तर्गत बाँकी खेललाई मध्यनजर गर्दै खेल्न यो प्रतियोगिता खेल्न लागेको हो। एन्फाले विश्वकपको दोस्रो चरणको बाँकी खेललाई नै मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गर्न लागेको हो।
किर्गिस्तानको यु–२३ टिम भने ओलम्पिकको तयारीमा छ। किर्गिस्तानले यसैलाई मुख्य प्राथमिकतामा राख्दै सहभागिता जनाउन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।