काठमाडौं- यमनी राष्ट्रपतिकाे भवनमा आक्रमण भएकाे छ। मंगलबार केही प्रदर्शनकारीहरुले दक्षिणी शहर एडेनमा रहेकाे राष्ट्रपति भ्रमणमा आक्रमण गरेका हुन्। अलजजिराका अनुसार सरकारी सेवा र स्थानीय मुद्राको अवमूल्यनको कारण क्रोधित बनेका प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेका थिए।
प्रदर्शनकारीहरू राष्ट्रिय सुरक्षा बलका सदस्य भएकाे बताइन्छ। ९ महिनासम्म तलब नदिएपछि प्रदर्शनकारीहरुले भवनमा आक्रमण गरेकाे अलजजिराका रिपाेर्टर जमाल एल्शायालले जानकारी दिएका छन्। तर, घटनाकाे पुष्टि हुन सकेकाे छैन।
‘घटनाबारे बुझ्दछौं, प्रदर्शन अहिलेसम्म शान्तिमय छ र मध्यस्थता भइरहेको छ,’ दोहाबाट बोल्दै उनले भने। सन् २०१४ देखि हुथि विद्रोहीहरूले राजधानी सानासहित देशका धेरै क्षेत्रमा कब्जा जमाएपछि यमनमा हिंसा जारी छ।
साउदी नेतृत्व सेनाले यहाँ प्राय आक्रमण गरिरहेकाे हुन्छ। यसका कारण मध्यपूर्वको सबैभन्दा गरीब देश यमनमा मानवीय विपत्ति निम्त्यिएकाे छ र दशौं हजार नागरिक मारिएका छन् र लाखौं भोकमरीको कारण मरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।