न्युयाेर्क– अमेरिकाको दक्षिण फ्लोरिडामा विमान दुर्घटना हुँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा एक महिला घाइते भएकी छन्।
सोमबार एक सानो विमान पेम्ब्रोक पाइन्समा रहेको नर्थ पेरी विमानस्थलबाट उडेको केही समयमा नै दुर्घटनामा परेको हाे। स्थानिय अधिकारीहरुका अनुसार विमान गुडिरहेको कारमा ठोक्किएकाे हाे।
दुर्घटनामा विमानमा सवार दुबैजनाको मृत्यु भएको छ भने कारमा यात्रा गरिरहेका एक बालकको पनि मृत्यु भएको छ। कारमा रहेकी अर्की एक महिला र चालक घाइते भएकी छन्।
अमेरिकाको हवाई सुरक्षा नियामकले यो दुर्घटनाबारे अनुसन्धान भइरहेको बताएको छ। गत वर्ष मात्र उक्त क्षेत्रमा पाँचपटक विमान दुर्घटना भएकाे थियाे। तीमध्ये चार दुर्घटनाहरू भयानक थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।