काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सहभागी नहुने भएका छन्।
राष्ट्रपतिले अपरान्ह ४ बजे बोलाएको बैठकमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी नहुने भएका हुन्। स्वास्थ्य समस्या बढेपछि भट्टराई बैठकमा सहभागी हुन नसक्ने उनका स्वकीय सचिव रोशन पोखरेलले बताए।
‘कोरोना विरुद्धको खोप लगाएपछि स्वास्थ्यमा अझै सुधार आएको छैन। डाक्टर'साब विसन्चो नै हुनुहुन्छ। अन्य कुनै राजनीतिक कारण अनुपस्थित हुने भन्ने होइन’, पोखरेलले भने।
स्वास्थ्यमा समस्या आएपछि भट्टराई संसद बैठक सकिएलगत्तै आराम गर्न सिधै निवास पुगेका छन्। जसपाको पदाधिकारी बैठक दिउँसो साढे २ बजेदेखि सुरु भएपनि उनी बैठकमा अनुपस्थित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।