काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा हालै भएको जेनजीको आन्दोलन, भारत(नेपाल सम्बन्ध, अग्निपथ योजना र चीनको प्रभावका बारेमा आफ्नो धारणा राखेका छन् ।
टाइम्स अफ इन्डियासँगको विशेष कुराकानीमा भट्टराईले नेपाल अझै पनि सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको र यहाँका राजनीतिक संस्थाहरू पूर्ण रूपमा विकसित भइनसकेको बताएका हुन् ।
सन् २००८ मा राजतन्त्रको अन्त्य र २०१५ मा संविधान जारी भए पनि नेपाली सरकारहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेका कारण युवाहरूमा निराशा बढेको उनको विश्लेषण छ। विशेष गरी डिजिटल प्रविधिको विकाससँगै युवाहरूको आकांक्षा चुलिएको तर परम्परागत दलहरूले डेलिभरी दिन नसक्दा गत सेप्टेम्बरमा जनविद्रोहको स्थिति सिर्जना भएको उनले उल्लेख गरे।
सेप्टेम्बरमा भएको विरोध प्रदर्शनमा कुनै बाह्य शक्तिभन्दा पनि नेपालको आन्तरिक विरोधाभास, भ्रष्टाचार र आर्थिक असफलता मुख्य कारक रहेको भट्टराईले स्पष्ट पारे । तत्कालीन सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धले आन्दोलनलाई थप उकासेको र नेपाली कांग्रेस तथा माओवादीका विभिन्न गुटहरूले पटक(पटक सत्ताको हेरफेर गरे पनि जनताका आधारभूत समस्या समाधान नगरेकाले युवाहरू सडकमा उत्रिएको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।