काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज बसेको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ।
आज बैठक तत्कालीन संविधान सभाका सदस्य एवं पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवकाे निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकिएको हो।
अर्को बैठक यही चैत ६ गते बस्नेगरी बैठक स्थगित गरिएको छ।
साथै आजको बैठकले सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ। सभामुखको अनुपस्थितिमा डा. डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरेपछि पुनर्स्थापित संसद्को यो तेस्रो बैठक हो।
यसअघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि सारिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।